दफा ९
नीतिको कार्यान्वयन व्यवस्था
९. नीतिको कार्यान्वयन व्यवस्था
९.१ नीतिको कार्यान्वयनका लागि सम्बद्ध सवै पक्षसँग समन्वय र सामन्जस्य कायम गरी आवश्यक विषयगत तथा क्षेत्रगत रणनीति
तथा कार्य योजना (एबिल या ब्अतष्यल) तर्जुमा गरिनेछ ।
९.२ यस नीतिको कार्यान्वयनका लागि जिम्मेवार निकायहरुले आ–आफ्नो वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछन् ।
९.३ लागु पदार्थको दुव्र्यसन रोकथाम तथा नियन्त्रणको विषय सर्वसम्बन्धित भएकाले विभिन्न कार्यनीति तथा कार्यक्रम पद्धतिमा यस विषयलाई मूलप्रावाहीकरण गरिनेछ ।
९.४ मित्रराष्ट्र भारत सँगको द्विपक्षीय सम्बन्ध तथा अन्तर सीमासम्बन्धी विभिन्न अभ्यासमा यस विषयलाई प्राथमिकता दिइनेछ ।